सिटिजन्स बैंकको ५औं विशेष सभा स्थगित
- वाणिज्य न्युज
- ९ चैत्र २०७६
चैत ९, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलको ५औं विशेष साधारण सभा स्थगित भएको छ । बैंकले आइतवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्म चैत १० गतेका लागि तय गरिएको विशेष साधारण सभा स्थगित गरिएको जानकारी दिएको हो ।
बैैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न सभाको आयोजना गरेको थियो ।
हाल विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम र सरकारबाट जारी निर्देशन अनुसार बैंकको चैत ८ गते बसेको सञ्चालक समितिको ३३०औैं बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस्