January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

एटिएममा पैसा अभाव नहुने,लकडाउनको बेला बैंकर्स एसोसिएसनका यस्ता छन् थप निर्णय

एटिएममा पैसा अभाव नहुने,लकडाउनको बेला बैंकर्स एसोसिएसनका यस्ता छन् थप निर्णय

चैत १२, काठमाडौं । 

Advertisement

लकडाउनको बेला पनि वाणिज्य बैंकहरुले आधारभूत बैंकिंङ सेवा दिने भएका छन् ।  बैंकर्स संघको पहलमा बैंकहरुले बैंकिङ सेवा दिनका लागि सुरक्षा पास समेत लिइसकेका छन् ।  नेपाल बैंकर्स एसोसिएसनको बुधबार बिहान बसेको भर्चुअल (अनलाईन मार्फत बसेको ) बैठकले यो संकटको बेलामा सरकारलाई साथ दिँदै निम्न अनुसारका निर्णयहरु गरेको छ ।

Advertisement

जस अनुसार बैंकहरुले नियमित रुपमा सबै एटिएम मसिनहरुमा पर्याप्त रुपमा पैसा राख्ने भएका छन् । यस संगै ग्राहकले जुनसुकै बैंकबाट आफ्नो पैसा निकाल्न सक्ने छन् । संघले यस अघि नै जुन जुनसुकै एटिएमबाट पैसा निकालेपनि शुल्क नलाग्ने निर्णय गरिसकेको छ ।

सो बैठकले एटिएम नभएका शाखाहरु हरेक दिन निश्चित समयकोलागी संचालन गर्ने पनि निर्णय भएको छ । 

बैंकको कुन शाखाबाट सेवा हुन्छ भन्नेबारे बैंकको हटलाइन वा टेलिफोनबाट जानकारी लिन सकिने छ । 

एसोसिएसनले एटिएम बुथसम्म सेनिटाईजर लगायतका सुरक्षा सामग्री पुर्याउन र बैकका कर्मचारीका लागी मास्क, सेनिटाईजर, पन्जा लगायतका सामग्री ढुवानीमा सहयोग गर्न स्थानीय प्रशाशनलाई अनुरोध गरेको छ ।

त्यस्तै एटिएम भएका शाखाहरु नखुल्ने भएका छन् भने एटिएम नभएका शाखाहरु केहि घण्टाको खोल्ने संघले जनाएको छ ।

अन्य अत्यावश्यक सेवाहरु जस्तै एलसी खोल्ने, बस्तु आयातको लागी वा अन्य प्रयोजनको लागी बैंक ग्यारेण्टी लिनुपर्ने र ट्रेजरिको लागि सम्बन्धित बैंकको शाखामा सिधै सम्पर्क गर्न र सेवा लिन सरोकारवालालाई सो बैठकले अपिल गरेको छ ।