January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

हिमालयन बैंकको सिइओमा अशोक राणालाई फेरी निरन्तरता

हिमालयन बैंकको सिइओमा अशोक  राणालाई फेरी निरन्तरता

चैत १३, काठमाडौं ।
बाह्रबर्ष देखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समाल्दै आएका अशोक राणालाई फेरी एक कार्यकालको जिम्मेबारी सुम्पेको छ । राणालाई सोमबार बसेको सञ्चालक समिति बैठकले आगामी चार बर्षका लागि प्रमुख कार्यकारीमा निरन्तरता दिएको हो ।
राणा २३ बर्षदेखि बैंकिङ क्षेत्रमा छन् । उनी १२ बर्षदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । उनको आगामी कार्यकाल बैशाखबाट लागू हुने छ । राष्ट्र बैंकको नयाँ प्रबधान अनुसार दुईकार्यकाल भन्दा बढी सिइओ हुन नपाउँने भनेपनि संचालक समितिले पहिलाको कार्यकाल छोडेर अधिल्लो र हालकोलाई मानेर नियुक्ती दिएको छ । राणाले फेरी अर्को कार्यकाल सिइओ पाउँने हुन या होइनन त्यो राष्ट्र बैंकले निर्कोल गर्ने छ ।
हिमालयन बैंकमा २० प्रतिशत सेयर पाकिस्तानी बैंक हबिबको लगानी छ । हबिबले २७ बर्षे सहकार्य छाडेर बिदा हुँदैछ । उसको ठाउँमा सिडिसी आउँदैछ । बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सिडिसी) को आगमन हुनै लाग्दा राणाको कार्यकाल थपिएको छ ।

Advertisement