January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

विदेशीले बैंकमा खाता खोल्न पाउने

विदेशीले बैंकमा खाता खोल्न पाउने

नेपाल राष्ट्र बैंकले विदेशी कम्पनी तथा व्यक्ति र गैरआवासीय नेपालीलाई नेपाली बैंकमा मुद्दति निक्षेप खाता खोल्न सक्ने सुविधा दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार १६ बुँदे निर्देशन जारी गर्दै मुद्दति निक्षेप कम्तीमा दुई वर्ष अवधिको हुनुपर्ने गरी खाता खोल्न सक्ने व्यवस्था गरेको हो । मौद्धिक नीति अन्र्तगत राष्ट्र बेंकको १६ बुँदे निर्देशनमा डलरका अतिरिक्त युरो, स्टर्लिङ पाउन्ड, अस्ट्रियन तथा क्यानेडियन डलरमा पनि खोल्न सकिनेछ । विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीले कम्तीमा १० हजार डलरबराबरको रकम निक्षेप गर्नपर्ने छ । नयाँ व्यवस्थासँगै मुद्दति निक्षेपमा विदेशी संस्था र गैरआवासीय नेपालीले खाता खोल्न पाउने भएका छन् । दुई वा दुईभन्दा बढी संस्था वा गैरआवासीय नेपालीको नाममा संयुक्त रुपमा समेत खाता खोल्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको छ । राष्ट्र बैंकले तरलता बढाउन बैंकले विदेशीलाई निक्षेप राख्न छुट दिएको हो । तरलता अभावका कारण ब्याजदर उच्च रहेपछि केन्द्रीय बैंकले पछिल्लो उपाय अवलम्बन गरेको बुझिएको छ । विदेशीले जम्मा गरेको रकमको शतप्रतिशत रकमसम्म नेपाली मुद्रामा कर्जा लगानी गर्न सक्नेछन् । यसअघि, नेपाली बैंकले विदेशी बैंकसँग मात्र ऋण लिन पाउने व्यवस्था थियो ।

Advertisement

नेपाल राष्ट्र बैंकले विदेशी कम्पनी तथा व्यक्ति र गैरआवासीय नेपालीलाई नेपाली बैंकमा मुद्दति निक्षेप खाता खोल्न सक्ने सुविधा दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार १६ बुँदे निर्देशन जारी गर्दै मुद्दति निक्षेप कम्तीमा दुई वर्ष अवधिको हुनुपर्ने गरी खाता खोल्न सक्ने व्यवस्था गरेको हो ।

Advertisement

मौद्धिक नीति अन्र्तगत राष्ट्र बेंकको १६ बुँदे निर्देशनमा डलरका अतिरिक्त युरो, स्टर्लिङ पाउन्ड, अस्ट्रियन तथा क्यानेडियन डलरमा पनि खोल्न सकिनेछ । विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीले कम्तीमा १० हजार डलरबराबरको रकम निक्षेप गर्नपर्ने छ । नयाँ व्यवस्थासँगै मुद्दति निक्षेपमा विदेशी संस्था र गैरआवासीय नेपालीले खाता खोल्न पाउने भएका छन् । दुई वा दुईभन्दा बढी संस्था वा गैरआवासीय नेपालीको नाममा संयुक्त रुपमा समेत खाता खोल्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले तरलता बढाउन बैंकले विदेशीलाई निक्षेप राख्न छुट दिएको हो । तरलता अभावका कारण ब्याजदर उच्च रहेपछि केन्द्रीय बैंकले पछिल्लो उपाय अवलम्बन गरेको बुझिएको छ । विदेशीले जम्मा गरेको रकमको शतप्रतिशत रकमसम्म नेपाली मुद्रामा कर्जा लगानी गर्न सक्नेछन् । यसअघि, नेपाली बैंकले विदेशी बैंकसँग मात्र ऋण लिन पाउने व्यवस्था थियो ।