सनराइजले दियो शुक्रराज र वीर अस्पताललाई पिपिई
चैत १५, काठमाडौं ।
सनराइज बैकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले शनिबार टेकुस्थित अस्पताल पुगि पिपिइ हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसका शंकास्पद बिरामीको परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) पर्याप्त नभएको गुनासो आइरहेका बेला बैंकले सहयोग गरेको हो ।
बैंकले अस्पताललाई उपलब्ध गराएका पिपिइमा ५ थान पुन प्रयोग गर्न सकिने र २० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्रकारका छन् । पिपिई अभावमा उपचारर परीक्षण नै प्रभावित भइरहका बेला बैंकले पिपिईं उपलब्ध गराएको हो ।
बैंकले वीर अस्पताललाई पनि २५ थान पिपिई उपलब्ध गराएको छ । शनिबार बिहान प्रमुख कार्यकारी अधिकृत पौडेल वीर अस्पताल पुगी अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीलाई पिपिइ हस्तान्तरण गरे । अस्पताललाई उपलब्ध गराइएको पिपिईमा ५ थान पुनः प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न नमिल्ने रहेका छन् ।
बैंकले काठमाडौं बाहेक ६ वटा प्रादेशिक अस्पतालमा पनि २५ थानका दरले पिपिई उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।
प्रतिकृया दिनुहोस्