फेरी अमेरिकन डलरले राख्यो नयाँ रेकर्ड, अन्यको पनि बृद्धि
बैशाख ०५, काठमाण्डौ –
अमेरिकी डलरको भाउ आज सम्मकै उच्च विन्दुमा पुगेको छ । आज शुक्रबारको डलरको मूल्य बढेर खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । हिजो अर्थात बिहीबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा मात्र तोकेको थियो ।
युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको छ । पाउण्ड स्टलिन एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३३ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।
अन्य देशको विनियमा दर यस्तोः
प्रतिकृया दिनुहोस्