January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

सिटिजनको ८५ औं शाखा कमलादीमा

सिटिजनको ८५ औं शाखा कमलादीमा

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८५ औं शाखा आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको कमलादी संचालनमा ल्याएको छ । कार्तिक २४ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेको हो । १० वर्षको सफल बैंकिंग कारोवारपछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट मुख्य कार्यालय तथा दरबारमार्ग शाखा मार्फत बैंकिंग सेवा सुबिधा प्रदान गर्दै आएको बैकले जनाएको छ । अत्याधुनिक प्रविधियुक्त यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टी.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको विज्ञाप्तीमा उल्लेखछ ।

Advertisement