एनएमविको ३५ प्रतिशत लाभांस
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा एनएमबि बैंकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस पल्टको लाभांस पनि सञ्चालक समितिको बैठकले प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकको स्वीकृति सेयरधनीलाई वितरण गरिने छ । बैंकले २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपियाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ रुपियाँ नगद लाभांश वितरण गर्ने वैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्