April 21, 2025, Monday
[nepali_today_date]

नेपाल क्लियरिङ्ग हाउस नाफा २३ करोड

नेपाल क्लियरिङ्ग हाउस  नाफा २३ करोड

काठमाडौं– नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठाँै वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले कम्पनीको चुक्ता पूँजी २१.६ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी २९.८ करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आ.व. २०७५÷७६ मा कम्पनीले खुद नाफा २३ करोड ७७ लाख ३५ हजार ७ सय ८६ गरेको छ । कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५÷७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७ हजार ४ सय ७९ रहेको थियो जुन औसत दैनिक रकम ३६.८५ अर्ब रहेको थियो । 

Advertisement