एकै दिन ४२ शाखा उद्घाटन
स्थापनाको १३ वर्ष पुग्दै गर्दा कामना सेवा विकास बैंकले देशका सातै प्रदेशमा १०३ शाखा स्थापना गरेको जनाएको छ । कम्पनीले बुधबार एकैदिन ४२ शाखा उद्घाटन गरेको छ । बैंकले प्रदेश १ मा ३, प्रदेश २ मा ११, प्रदेश २ मा १०, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ४ शाखा स्थापना गरेको हो ।
बैंकका संस्थापक कृष्ण आचार्यले कामना विकास बैंक आफ्नै खुट्टमा उभिन सक्ने भएको हैसियतमा रहेकाले मर्जर आवश्यक नभएको बताए । यस्तै प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कामनालाई एक अब्बल वित्तीय संस्थाका रुपमा विकास गर्ने लक्ष्य लिइएको जानकारी गराए । कामना सेवाले असोज मसान्तसम्ममा २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको छ भने २२.५ अर्ब ऋण प्रवाह गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्