एनएमबी बैंकद्वारा ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा आरम्भ
- वाणिज्य न्युज
- २८ कार्तिक २०७६
२८ कात्तिक २०७६, काठमाडौं ।
एनएमबी बैंकले ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ अर्थात् एनएमबी ‘प्रि अप्रुभ्ड होम लोन योजना’ को सुविधा आरम्भ गरेको छ । अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नो ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् ।
आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्वमूल्यांकन नगरिकनै कायम गरिने बैंकले जानकारी दिएको छ ।
हाल बैंकले देशभरि रहेका एक सय ६३ शाखाहरू, एक सय २८ एटीएम र पाँचवटा एक्सटेन्सन काउन्टरहरूबाट सेवा दिइरहेको छ ।
प्रतिकृया दिनुहोस्