May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

सनराइजले दियो जोन्तालाई तीन लाख सहयोग

सनराइजले दियो जोन्तालाई तीन लाख सहयोग

काठमाण्डौ । सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई रुपैंया तीन लाख सहयोग गरेको छ ।
सरकारी विद्यालयहरुमा डिजिटल कक्षाहरु संचालन गर्न पर्याप्त स्रोत, साधान र प्रविधिको अभाव रहेको अवस्थामा बैंकले उक्त सहयोग गरेको हो ।
सनराइज बैंक स्थापनाको १३ औं वर्ष पूरा भई १४ औं वर्षमा प्रवेश गरेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा जोन्ता क्लब काठमाडौंलाई बैंकले उत्त सहयोग गरेको हो ।
कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु सञ्चालन गर्दै आएको अवस्थामा सरकारीलाई समेत सोही अनुसारको सेवा दिने उद्धेश्यले बैंकले सहयोग गरेको बताएको छ ।
आइतबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका छन् ।

Advertisement