May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

राष्ट्र बैंकले सोमवार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले सोमवार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

Advertisement

केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये तीन अर्ब रुपैयाँको ट्रेजरी बिल भने नयाँ हो भने १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

Advertisement

बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार तीन अर्बबराबरको नयाँ र १५ अर्ब २५ करोड रुपैयाँ बराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ ।

सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते १० अर्ब रुपैइाँ बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो । रासस