स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो ६४ करोड बढी नाफा
०१ मंसिर, २०७६ काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त सार्वजनिक गरेको विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
बैंकले गत वर्षको तुलनामा ६.२८ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको हो । गत वर्ष बैंकले ६० करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफा भने ४९ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकले समीक्षा अवधिमा ९२ करोड १ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले ८६ करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
पहिलो त्रैमासमा बैंकले ९३ करोड ३५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ८४ करोड २३ लाख रुपैयाँ थियो ।
प्रतिकृया दिनुहोस्