इन्फ्रास्ट्रक्चर बैंकः हालसम्मकै ठूलो आईपीओ ल्याउने बैंक
०४ मंसिर, २०७६, काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नेपाली धितोपत्र बजारमा अहिलेसम्मकै ठूलो सर्वसाधारण शेयर निष्कासन (आईपीओ) अर्थात् बैंकले आफ्नो जारी पूँजीको ४० प्रतिशत रू. आईपीओ जारी गर्ने तयारी गरेको छ ।
हालसम्मको सर्वा्धिक आईपीओ अपर तामाकोशीले आयोजना प्रभावित र सर्वसाधारणलाई गरेर साढे २ करोडभन्दा बढी कित्ता जारी गरेको थियो । निफ्राको जारी पूँजी रू. २० अर्ब रहेको छ । हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब रहेको छ, उक्त आईपीओ विक्री भएपछि बैंकको चुक्तापूँजी रू. २० अर्ब पुग्नेछ ।
यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, निजीक्षेत्रको १० प्रतिशत, पब्लिक कम्पनीहरूको ४० प्रतिशत शेयर हिस्सा रहेको छ । सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत शेयर अंशका लागि भने अहिले आईपीओ जारी गर्न लागिएको हो ।
आगामी मङ्सिर २९ गते काठमाडौंमा बैंकको प्रथम वार्षिक साधारणसभा हुँदै छ । बैंकले उक्त साधारणसभामा विशेष प्रस्तावका रूपमा आईपीओ निष्कासन गर्ने विषयलाई पेश गर्दै छ ।
प्रतिकृया दिनुहोस्