April 30, 2025, Wednesday
[nepali_today_date]

नेपाल एसविआइ बैंकले १६ प्रतिशत लाभांश दिने

नेपाल एसबिआइ बैंकले १६.४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको संचालन समितिको बैंठकले चुक्ता पूँजीको १०.४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । जसमा नगद लाभांश बराबर ९१ करोड ६० लाख र बोनस शेयर बराबर ५० करोड ६९ लाख वितरण गर्ने बताएको हो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार छ । मंसिर १३ सम्म शेयर सदस्य हुने लगानी कर्ता साधारण सभामा सहभागि हुनसक्ने छन् । मंसिर १३ देखि २९ सम्म शेयर दाखिला बन्द गरिएको छ । बैंकले मंसिर २९ मा वार्षिक साधारण सभाको मिति पनि तय गरेको छ ।

Advertisement