January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

ग्लोबल आईएमई बैंकको जन्मभूमि घर कर्जा

११ मंसिर, २०७६ काठमाण्डौ । ग्लोबल आईएमई बैंकले वैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गरी र ग्लोबल आईएमई जन्मभूमि घर कर्जा ल्याएको छ । बैंकले नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरू र उनका परिवारका सदस्यलाई आवश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराउने प्राबधान मिलाएको छ ।
न्यूनतम ब्याजदरमा सुलभ र सहजरूपमा पाप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट भित्र्याउन मदत पुग्नेछ । यो घर कर्जा वैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारतसहित विभिन्न देशमा बस्ने नेपालीहरूका परिवारलाई प्रदान गरिनेछ । जन्मभूमि घर कर्जा ग्लोबल आईएमई बैंकको सबै शाखाबाट प्राप्त हुने बैंकले जानकारी दिएको छ । बैंकका अनुुसार कर्जासम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालयहरू तथा ग्लोबल आईएमई बैंकका वैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिनेछ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले हाल एक सय ५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर, एक सय ५० एटीएम, एक सय ९४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

Advertisement