April 21, 2025, Monday
[nepali_today_date]

हेम्जामा सिद्धार्थ बैंकको नयाँ शाखा

११ मंसिर, २०७६,काठमाडौ । सिद्धार्थ बैंकले सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा दिने उद्देश्यले कास्कीको हेम्जामा नयाँ शाखा विस्तार गरेको छ ।
यो शाखा स्थापना भए संगै सिदार्थ बैंकको शाखा एक सय ७३ पुगेको छ ।
बैंकले एक सय एक वटा शाखारहित बैंकिङ सेवा, एक सय ९० एटीएम र १६ सयभन्दा बढी पस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बंैैकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement