मेगा बैंकले पायो आइएसओ प्रमाणपत्र
बिहिबार १२ मंसिर, २०७६, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आइरहेको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ । ।
अन्तर्रा्ष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस) ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्रा्ष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत बुधबार उक्त प्रमाणपत्र प्रदान गरेको हो ।
बैंकको हाल देशभरि १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग सेवा सुबिधाहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस्