September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

सिन्धु विकास बैंकले लाभांश नदिने, कारण यस्तो

सिन्धु विकास बैंकले लाभांश नदिने, कारण यस्तो

सिन्धु विकास बैंकले लाभांश नदिने भएको छ । बैंकको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६÷७७ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

कोरोनाले प्रभाबित हुँदा बैंकको नाफा घटेपछि बैंकले नाफा नदिने भएको हो । यो बैंक बिशेषगरी तातोपनि नाकमा कारोवार गर्ने ब्यावासयीको बाहुल्यता छ । कोरोना र भुकम्पका कारण यो सस्थाका कारोवारी प्रभावित हुँदा बैंकको नाफा समेत घटेको हो । त्यही भएर बैंकले आर्थिक वर्ष ७६÷७७ को वित्तीय विवरण पारित गर्दै थप स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५÷७६ को मुनाफाबाट ११.४८ प्रतिशत बोनस शेयर र ०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Advertisement