April 30, 2025, Wednesday
[nepali_today_date]

प्रभु बैंकको ११९ औं शाखा विस्तार

२२ मंसिर, २०७६, काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ६ स्थित बयलबासमा आफ्नो १९९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि गर्दै सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा प्रभु बैंक लिमिटेडले सञ्जाल विस्तार गरेको हो ।
शाखाले स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बयलबास शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

Advertisement