January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

लुम्बिनी विकास बैंकद्वारा सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव

लुम्बिनी विकास बैंकद्वारा सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव

२८ मंसिर, २०७६, काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई गएको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बैठकले सेयरधनीहरुलाई लाभांशका रुपमा चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँको ५ प्रतिशतले हुन आउने १२ करोड ९३ लाख ४८ हजार १७७.५५ रुपैयाँबराबरको बोनस सेयर र १५ प्रतिशतले हुन आउने ३८ करोड ८० लाख ४४ हजार ५३२.६५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement