February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

आइएमई नेपाल साहित्य महोत्सव शुक्रबारदेखि डिएससी पुरस्कार प्रदान गरिने

आइएमई नेपाल साहित्य महोत्सव शुक्रबारदेखि डिएससी पुरस्कार प्रदान गरिने

आइतबार २९, मंसिर २०७६,
पोखरा – आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ । महोत्सवमा ११० भन्दा बढी वक्ता सहभागी हुनेछन् । त्यसमध्ये एक दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुनेछन् । महोत्सवमा अन्र्तराष्ट्रिय लेखकलाई पनि ल्याउन लागिएको र त्यसले यहाँको साहित्यलाई अन्तर््राष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखिएको छ । महोत्सवमा ४० भन्दा बढी सत्र समावेश गरिएका छन् । महोत्सवको पहिलोदेखि चौथो संस्करण काठमाडौँै गरिएको थियो भने पाँचौँ संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको छ । तत्कालीन समयमा काठमाडौँमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परेको हो । भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेको र अहिले पोखरा नै उत्तम ठाउँ भनि छनोट गरिएको हो । यो पोखरेलीको पनि महोत्सव भएको अपेक्षा गर्न सक्न्छि । यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीवीलाई नै सहभागी गराउन लानगिएको हो ।
महोत्सवमा डिएससी पुरस्कार प्रदान गरिने
महोत्सवमा दक्षिण एशियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डिएससी पुरस्कार प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर (रु २७ लाख ५० हजार) राशि बराबरको उक्त पुरस्कार दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।

Advertisement