December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

एनआईसी एशियाको एकै पटक ६ ओटा शाखा विस्तार

एनआईसी एशियाको एकै पटक ६ ओटा शाखा विस्तार

०२ पौष, २०७६,काठमाण्डौ । एनआईसी एशिया बैंकले एकैसाथ काठमाडौंमा ६ ओटा शाखा सोमवारदेखि सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३२, नरेफाँटमा नरेफाँट शाखा, वडा नं. २८, पुतलीसडकमा पुतलीसडक शाखा र वडा नं. ३ स्वयम्भूमा स्वयम्भू शाखा वडा नं. १६ बोहोराटारमा बोहोराटार शाखा, वडा नं. १४, कलंकीमा खसीबजार शाखा, वडा नं. १६, माछापोखरीमा माछापोखरी शाखा,सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाहरूबाट बैंकले सोही क्षेत्रका स्थानीयलाई बैंकिङ सेवा प्राप्त गर्न सहज हुनेछ् ।
यससँगै बैंकका देशभर ३११ शाखा, ४०३ एटीएम, ९५ एक्स्टेन्शन काउन्टर एवं ४४ ओटा शाखारहित सेवा पुगेका छन् ।

Advertisement