April 30, 2025, Wednesday
[nepali_today_date]

हिमालयन बैंकद्वारा पुनर्निर्माणमा सहयोग

०२ पौष, २०७६,काठमाण्डौ । हिमालयन बैंकले २०७२ को भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार क्षेत्रमा अवस्थित भीमसेन मन्दिरको पुनर्निर्माणका लागि रू. ५ लाख सहयोग गरेको छ ।
बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा यसअघि नै पाटन दरबार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न रू. १ करोड प्रदान गरेको थियो ।
बंैक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनलाई सोमवार एक समारोहबीच उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Advertisement