कामना सेवा विकास बैंकको १०८ औं शाखा बागलुङको हल्लनचोकमा
- वाणिज्य न्युज
- २ पुष २०७६
०२ पौष, २०७६, काठमाडौं । कामना सेवा विकास बैंकले बागलुङको बागलुङ नगरपालिका–३ स्थित हल्लनचोकमा सोमवारदेखि आफ्नो १०८औं शाखा सञ्चालनमा ल्याएको छ ।
शाखाको उद्घघाटन सोही नगरका मेयर जनकराज पौडेल तथा बैंकका सञ्चालक चतुराखर अधिकारीले गरेका थिए । बैंकले उक्त शाखाबाट ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवा दिने विश्वास लिइएको छ् ।
बैंकका देशभर १०८ ओटा शाखा तथा ५७ ओटा एटीएम सञ्चालनमा छन् । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायत सेवा उपलब्ध गराउँदै आएको छ
प्रतिकृया दिनुहोस्