घर बनाउन कर्जा दिँदै सानिमा बैंक
०४ पौष, २०७६,काठमाण्डौ ।सानिमा बैंकले घर बनाउन वा खरीद गर्न चाहने ग्राहकलाई लक्षित गरी ‘सानिमा प्रथम घर कर्जा’ योजना ल्याएको छ । उक्त सुविधाअन्र्तगत घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउनेछ ।
उक्त योजनामा ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवाशुल्कमा भारी छूट लगायत सुविधा रहेको छ । त्यस्तै, ऋणीलाई बजारमा हुने उतारचढावबाट सुरक्षित गर्न उक्त योजनाअन्र्तगत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जाअवधिको शुरुआती समयका लागि यथावत् राखिने ब्यबस्था गरेको छ । यसबाट घर निर्माण वा खरीद गर्न चाहनेले लाभ लिन सक्ने जस्ता सुविधा रहेका छन् ।
उक्त कर्जा देशभर रहेका बैंकका ७९ ओटै शाखाबाट लिन सकिनेछ ।
प्रतिकृया दिनुहोस्