April 30, 2025, Wednesday
[nepali_today_date]

लोकदर्शन सहकारीको अध्यक्षमा प्रेमबहादुर कटुवाल

लोकदर्शन सहकारीको अध्यक्षमा प्रेमबहादुर कटुवाल

शुक्रबार ४ पौष २०७६
काठमाडौं – वैदेशिक रोजगार व्यवसायीहरुको संलग्नतामा संचालनमा ल्याइएको लोकदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ साधारणसभा सम्पन्न भएको छ । सभाले प्रेमबहादुर कटुवालको अध्यक्षतामा सर्वसम्मतिले नयाँ संचालक समिति चयन गरेको छ । संस्थाको विहिबार सम्पन्न साधारणसभाले आगामी ४ वर्षका लागि कटुवाललाई अध्यक्षमा र उपाध्यक्षमा अब्दुल सतार, सचिवमा देवराज कटुवाल, कोषाध्यक्षमा रामप्रसाद भन्तना तथा सदस्यहरुमा विष्णु कुमारी गुरुङ, मदन कुमार महत र टिका शिवाकोटी चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव रहनुभएको थियो । सहकारीको दशौ साधारणसभामा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे, महासचिव सुजित श्रेष्ठ, संघका पूर्वअध्यक्ष विमल ढकाल, भरत सिंह थापालगायतको सहभागि रहेको थियो । मेनपावर व्यावसायीहरूको लगानीमा सञ्चालित लोकदर्शन सहकारीको सफलता हासिल गर्दै अगाडि बढिरहेको छ । संस्थाले शालिकराम गौतमको संयोजकत्वमा मदन खडका र गोविन्दबहादुर कटुवाल रहनेगरी लेखा सुपरिवेक्षण समितिसमेत गठन गरेको छ ।

Advertisement