January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भयो मर्ज सम्झौता

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भयो मर्ज सम्झौता

वैशाख ३०, काठमाडौं ।
लामो समयको प्रयासपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि सम्झौता (एमओयू) भएको छ । राजधानीको एक होटलमा इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयनका तुलसीप्रसाद गौतमबीच सम्झौतामा हस्ताक्षर भएको हिमालयनका प्रवक्ता शितल कोइरालाले जानकारी दिए । दुई महिनामै कम्पनीको एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको उनले बताए ।

यसबीचमा विस्तृत रुपमा सम्पत्ति तथा दायित्वको मूल्यांकन हुनेछ । अहिलेका दुइटा बैंक एक भएपछिको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने भएको छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिमालयन बैंकका हालका अशोक शमशेर राणा नै रहनेछन् । उनीपछिको कार्यकाल इन्भेष्टमेन्टका हालका ज्योति पाण्डेले सम्हाल्नेछन् ।

हाल हिमालयनको कुल कर्जा प्रवाह १ खर्ब २७ अर्ब तथा इन्भेष्टमेन्टको १ खर्ब ६० अर्ब छ। मर्जपछि बैंकको कुल कर्जा प्रवाह २ खर्ब ९० अर्बको हाराहारी हुनेछ । यस आर्थिक वर्षको चैत मसान्तसम्म इन्भेष्टमेन्टले कुल २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने हिमालयनले १ अर्ब २८ करोड कमाएको छ ।

Advertisement