May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

इटहरीका बैंक तथा वित्तीय सस्था एक हप्ताका लागि बन्द

इटहरीका बैंक तथा वित्तीय सस्था एक हप्ताका लागि बन्द


सुनसरी । पूर्वको राजनधानी मानिने सुनसरीको इटहरीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदैजाँदा बैंक तथा वित्तिय संस्था समेत बन्द गरिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारीकालाल चौधरीको अध्यक्षतामा बसेको बैक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले बैंक तथा वित्तीय सस्था बन्द गर्ने निर्णय गरेको हो ।


उपमहानगरले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि जेठ २ गतेदेखि जेठ ७ गते सम्म एकहप्ता बैक तथा बित्तीय संस्थाको सम्पुर्ण कारोवार बन्द गर्ने निर्णय गरिएको हो । बैंकका शाखा बन्द गरिएपनि एटिएम भने सञ्चालनमा रहने छन् । बैठकले इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि बित्तिय संस्थाहरुसँग सहयोगको आग्रह समेत गरेको छ ।

Advertisement