February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

कैलास र प्राइम दुबै बैंक, मर्जर प्रस्ताव साधारणसभामा लैजादै

कैलास र प्राइम दुबै बैंक, मर्जर प्रस्ताव साधारणसभामा लैजादै

पौष ६, काठमाण्डौ । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकले मर्जरको विशेष प्रस्तावसहित पुस २५ गते वार्षिक साधारणसभा डाकेका छन ्। प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत शेयर अनुपातमा प्राप्ति गर्ने भएको हो ।
दुवैले छुट्टाछुट्टै ठाउँमा एकैपटक साधारणसभा गर्ने भएका हुन ्। प्राइमको सञ्चालक समितिले यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव बाह्रौ वार्षिक साधारणसभामा पेश गर्नेछ । बैंकको हालको चुक्ता पुँजी १० अर्ब ८ करोड रूपैयाँ कायम हुनेछ । मर्जर समिति र चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनअनुसार तय भएको स्वाप रेसियो साधारणसभामा पेश हुनेछ । दुई बैंक बीचमा भएका सबै सम्झौता साधारणसभाले अनुमोदन गरेपछि बैंकले प्राप्तिको कानुनी प्रक्रिया अगाडि बढाउने छ ।
बैंकले घोषणा गरेको लाभांश पुस १३ गतेसम्म कायम शेयरधनीहरूले प्राप्त गर्न सक्नेछन् । साधारणसभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज हुनेछ ।
त्यस्तै कैलाश विकास बैंकले पुस २५ गते आफ्नो नाममा अन्तिम अर्थात २६ औं वार्षिक साधारणसभा बोलाउने छ । साधारणसभामा चुक्ता पुँजीको २.७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरिनेछ। बैंकले पुँजीको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रूपैयाँ छ । बोनस शेयरपछि बैंकको पुँजी २ अर्ब ९२ करोड रूपैयाँ पुग्नेछ ।

मर्जरपछि प्राइम बैंकको अवस्था – स्वाप रेसियोको आधारमा बोनस शेयरपछि कैलाश विकास बैंकको पुँजी २ अर्ब ७४ करोड रूपैयाँ हुनेछ । यो पुँजी प्राइम बैंकको पुँजीमा जोडिने छ । बोनस शेयरपछि कामय हुने प्राइमको पुँजीमा उक्त स्वाप रेसियो पछिको पुँजी जोडिँदा १३ अर्ब ५५ करोड रूपैयाँ कायम हुनेछ । स्वाप रेसियो पछि उब्रिएको पुँजी १७ करोड ५४ लाख रूपैयाँ प्राइमको जगेडामा जोडिने छ ।
प्राइमको जगेडा कोषमा ८ अर्ब ५ करोड रूपैयाँ छ भने कैलाशको ३ अर्ब २० करोड रूपैयाँ छ । मर्जरपछि जगेडा कोषमा ११ अर्ब २५ करोड रूपैयाँ पुग्नेछ । हाल प्राइमसँग ७८ अर्ब ५९ करोड रूपैयाँ निक्षेप छ भने कैलाशसँग २७ अर्ब ८३ करोड रूपैयाँ छ। मर्जपछि प्राइमको एक खर्ब ६ अर्ब रूपैयाँ निक्षेप पुग्नेछ। त्यस्तै प्राइमको हाल ऋण लगानी ७९ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी छ भने कैलाशको २२ अर्ब २७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
मर्जपछि प्राइमको ऋण लगानी एक खर्ब एक अर्ब रूपैयाँ पुग्नेछ । यस अगाडि प्राइमको निक्षेप भन्दा ऋण लगानी धेरै थियो । हाल प्राइमको दोस्रो बजारमा २ सय ८० रूपैयाँमा खरिद बिक्री भइरहेको छ । गत साउनमा मर्जरको सम्झौता गरेपछि कैलाशको कारोबार बन्द छ । कारोबार बन्द हुनु अगाडि बैंकको बजार मूल्य २ सय ३८ रूपैयाँ थियो ।

Advertisement