February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

सिभिल बैंकको ६.५७५ लाभांश पारित

सिभिल बैंकको ६.५७५ लाभांश पारित

पौष ६, काठमाण्डौ । सिभिल बैंकको वार्षिक साधारण सभा आज आइतबार (पुस ६ गते) बस्दैछ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ ।
सभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ६.५७५ लाभांश पारित गर्ने विशेष प्रस्ताव छ । गत वर्षको नाफाबाट बैंकले ६.५७५ नगद लाभांश वितरण गर्न लागेको हो । सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गतेबाट बुक क्लोज गरेको छ । मंसिर २२ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।
सभामा आर्थिक वर्ष २०७५।७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६।७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
हाल यस सिभिलको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ छ ।

Advertisement