February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

सिटिजन बैंकको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली नियुक्त

सिटिजन बैंकको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली नियुक्त

जेठ ५, काठमाडौं ।
सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । केही समय अगाडिमात्रै नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका ज्ञवाली सिटिजन्स बैंकका सञ्चालक नियुक्त भएका हुन् ।

बैंकको यही जेठ ४ गते बसेको सञ्चालक समितिको ३६२ औँ बैठकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने यरी आगामी असार १ गतेदेखि लागू हुनेगरी सञ्चालक पदमा नियुक्त गरेको हो । पूर्वबैंक सुदेश खालिङले राजिनामा दिएपछि बैंकको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको थियो खालिङले एभरेष्ट बैंकको सिइओ बन्न बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन् ।

ज्ञवालीले नबिल र ग्लोबल आईएमई बैंकको पनि सीईओ भएर काम गरिसकेका छन् । उनिसँग विदेशी बैंकमा पनि काचम गरेको अनुभव छ । उनले बैंकिङ क्षेत्रमा साढे ३ दशक विभिन्न भूमिकामा रहेर काम गरेका छन् ।

Advertisement