February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

गरिमाविकास बैंकद्वारा धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन

गरिमाविकास बैंकद्वारा धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन

०७ पौष, २०७६, काठमाण्डौ । गरिमाविकास बैंक लिमिटेडले हिजोे आईतबार निलकण्ठ नगरपालिका वडानं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगानाले गरेका थिए ।

कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्री श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुजी उपलब्ध गराई त्यस क्षेत्रको ओधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास रहेको बताए । उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाका नगर प्रमुखश्री भीम प्रसाद ढुंगाना, निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष श्री होमनाथ रिजाल, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्षश्री रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालकश्री विमल पाण्डे, नायब महाप्रबन्धक श्री माधव प्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।

गरिमा विकास बैंकले काठमाण्डा उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमारेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ ।गरिमा विकास बैंकले २०७६ पौष ५गतेसम्म३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।

Advertisement