September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

बागलुङ जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्शन काउन्टर विस्तार

बागलुङ जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्शन काउन्टर  विस्तार

पुस १३ , काठमाडौं । प्रभु बैंकले बागलुङ नगरपालिका–३ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्शन काउन्टर प्रशासन सञ्चलनमा ल्याएको छ ।
उक्त एक्स्टेन्शन काउन्टरको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले एक समारोहबीच उद्घघाटन गरे । बैंकले उक्त सेवा सञ्चालनबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राही लाभान्वित बनाउने विश्वास लिएको छ । साथै, यसबाट कार्यालयसँग सम्बन्धित विभिन्न कामका लागि सेवाग्राहीलाई रकम जम्मा गर्न सहज हुने प्रशासनको भनाइ छ ।
हाल बैंकका देशभर २०२ ओटा शाखा कार्यालय, १५२ ओटा एटीएम, ३९ ओटा एक्स्टेन्शन काउन्टर तथा १९ ओटा शाखारहित सेवा सञ्चालनमा छन् ।

Advertisement