March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कृषि विकास बैंकले ल्यायो एकै समयमा धेरै सुविधा प्रवाह गर्ने प्रवृद्धि

कृषि विकास बैंकले ल्यायो एकै समयमा धेरै सुविधा प्रवाह गर्ने प्रवृद्धि

काठमाडौँ, असार २६ गते । कृषि विकास बैंकले नयाँ सेवा सुचारु गरको छ । बैङ्कले अनलाइनका माध्यमबाट एकै समयमा धेरैभन्दा धेरै सुविधा प्रवाह गर्ने उद्देश्यले खाता खोल्ने प्रणालीको बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उद्घाटन गरेका छन् । बैंकले अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले खाता खोल्ने प्रणालीको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरी सेवा सुभारम्भ गरेका छन् ।

Advertisement

यस सेवाअन्तर्गत बैङ्कमा खाता भएका ग्राहकले बिनाझन्झट अनलाइनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सीआरएन, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ तथा एटीएम कार्ड सेवाका लागि निवेदन दिनसक्ने बैंकले जनाएको छ । यो सेवा प्रारम्भ भएपछि अनलाईनका माध्यमबाट सेवा अनुरोध गर्न सकिने छ भने कोभिडको माहामारिको अवस्थामा सेवा उपयोगका लागि बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।
बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेशबाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरुको लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको सुरुवात गरेको हो । यसबाहेक बैंकमा खाता नभएका ग्राहकहरुले समेत देश विदेशबाट अनलाईनका माध्यमबाट समेत चल्ती, वचत खातासहित सबै सेवाहरु अनुरोध गर्न सक्ने छन् ।

Advertisement

कृषि विकास बैंकसंग जोडिन यस प्रकारका सेवाहरुले थप सहजता प्रदान गर्ने विश्वास बैंक व्यवस्थापनले लिएको छ । यस प्रकारको सेवा सुचारु भए पश्चात स्वचालीत रुपमा इमेल तथा एसएमएसका माध्यमबाट ग्राहकलाई जानकारी गराउने व्यवस्था यो प्रणालीमा रहेको छ । साथै कृषि विकास बैंकमा खाता भएका र ग्राहक पहिचान विवरण अद्यावधिक भएका ग्राहक महानुभावहरुले बिना झन्झट यो सेवा समयमा नै उपयोग गर्न सकिन्छ ।

उक्त सेवाको शुभारम्भ कार्यक्रममा बैंक उप–महाप्रबन्धकहरु क्रमशस् प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम , दिर्घबहादुर अर्याल, बैंकका प्रबक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, बैंक विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका शाखा प्रमुख विनोद कोईराला र ध्रुव पौडेलले संयूक्त रुपमा गरेको थियो ।