January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

कामना सेवा विकास बैंकका ६ वटा नयाँ शाखा विस्तार

कामना सेवा विकास बैंकका ६ वटा नयाँ शाखा विस्तार

पुस १६, काठमाडौँ ।
कामना सेवा विकास बैंक लिमिटेडले छवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नं. ३ अन्तर्गत काठमाडौँं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्ध साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकास्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल छवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले देशका विभिन्न भागहरुमा एक सय १४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Advertisement