एक रुपैयाँमै एनआईसी एशियामा डिम्याट खाता
पुस १७, काठमाण्डौ
एनआईसी एशिया क्यापिटल लिमिटेडले “अंग्रेजी नयाँ वर्ष २०२०” का अवसरमा “एक नेपाली” “एक डिम्याट खाता” अभियानलाई अझ प्रभावकारी तथा सबै नेपालीलाई समेट्नको लागि पौष १६गते देखि २०७७ साल आषाढ मसान्तसम्म मात्र रु.१ मा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सोही अभियानलाई थप टेवा पु¥याउन आगामी २०७७ आषाढमसान्तसम्म डिम्याट खाता संचालनवापत लाग्ने पहिलो वर्षको खाता संचालन शुल्क पनि छुट गरेकोे छ । यस अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पु¥याउने क्यापिटलको विश्वास रहेको छ ।
प्रतिकृया दिनुहोस्