January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालको समुद्घाटन

राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालको समुद्घाटन

पुस १८, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत, बिरेन्द्रनगरकोे समुद्घाटन सम्पन्न भएको छ । कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच शुक्रबार समुदघाट्न गर्नुभएको हो ।
उक्त अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ूबैंक खाता छोरीको, सुरक्षा जीवन भरीकोूे प्रदेश सरकारको कार्यक्रम रा.वा.बैंकको शाखा कार्यालय मान्माबाट केही दिन अगाडि सुरु गरिएको र यो कार्यक्रम कर्णाली प्रदेश भरिका बैंकका सबै शाखा बाट सुरु गरिने बताउनुभयो । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री माननीय प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिईरहेको बताउनुभयो ।
बैकको कर्णाली प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा बिरेन्द्रनगर नगरपालिका सुर्खेतका मेयर देबकुमार सुवेदी, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाल राष्ट्र बैंकका व्यवस्थापक सालिकराम पोखरेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, बैंकका ५ नम्बर प्रादेशिक प्रबन्धक आनन्द सुवेदी, स्थानीय राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, प्रहरी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement