April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सानिमा बैंकको रेमिट्यान्स मुद्दती खातामा १०.५१ % सम्म ब्याज

सानिमा बैंकले विशेष दशैं बम्पर योजना अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । आश्विन १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशत सम्म ब्याजदर दिइरहेको बैंकले जनाएको हो ।

बैंकका अनुसार यस बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिनेछ । यसका साथै बचत खातामा ५ प्रतिशत सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु  ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण ग्राहकलाई  प्रदान गरिने छ ।

Advertisement