January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

नेपाल बैंक लिमिटेडले पठायो नगद लाभांश सेयरधनीको खातामा

नेपाल बैंक लिमिटेडले पठायो नगद लाभांश सेयरधनीको खातामा

माघ १ , काठमाडौँ ।
नेपाल बैंक लिमिटेडले शेयरधनिहरुको खातामा १० प्रतिशत लाभांस जम्मा गरिदिएको छ । नेपाल बैंकको पुस २५ गते बसेको साधारण सभाको बैठकले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकले पुस २५ गतेबाट नै डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।

Advertisement