January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

कृषि विकास बैंकको करोडौं रुपैयाँ हिनामिना गर्ने अवकास प्राप्त सहित ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा

कृषि विकास बैंकको करोडौं रुपैयाँ हिनामिना गर्ने अवकास प्राप्त सहित ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा

माघ १ , काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको न्यूरोडस्थित कृषि विकास बैंकको कर्मचारी दीपिका रेग्मीसहित ८ जनाविरुद्ध सरकारी रकम दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले बैंकको नयाँ सडक शाखाकी ट्रेलर सहायक रेग्मीविरुद्ध ४ करोड २४ लाख १३ हजार ६११ बराबरको हानि–नोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
बैंकका अहिलेका शाखा प्रबन्धक प्रेमहरि ढुंगेलविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । बैंकका ऋण शाखा प्रमुख गोपाल गिरीविरुद्ध २ करोड ६१ लाख १९ हजार ४१५, तत्कालीन ऋण अधिकृत सलिल रेग्मीविरुद्ध १ करोड १० लाख ३३ हजार १९६, ऋण शाखा प्रमुख महेश्वर मरहट्ठाविरुद्ध ७६ लाख २१ हजार, तारानाथ पाण्डेविरुद्ध ४ लाख रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको छ ।
अवकाश प्राप्त सहायक रथी रमेशनाथ विष्टविरुद्ध ४ करोड २४ लाख १३ हजार ६११, दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानेविरुद्ध २ करोड ६७ लाख ७५ हजार ४३५ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको छ । उनीहरुले अनाधिकृतरुपमा बैंकको रकम निकाली हानि–नोक्सानी पु¥याएर अनुचित लाभ प्राप्त गरेको आरोप लगाइएको छ ।

Advertisement