आरएमडीसी लघुवित्तको १२.०५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा
माघ , १ काठमाडौं ।
आरएमडीसी लघुवित्त वित्तीय संस्थाले पुस १० गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा आज बुधबार देखि १२.५० प्रतिशत नगद लाभांश बैंक खातामा पठाएको छ । कम्पनीले पुस १० पछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको कम्पनीको भनाई छ ।
आरएमडीसीको पुस २३ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट १२.५० प्रतिशत बोनस सेयर र १२.५० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसमध्ये नगद लाभांश खातामा पठाउनेक्रम सुरु भएको हो । सेयरधनीले बोनस डिम्याट खातामा पाउन भने अझै केही समय कुर्नुपर्नेछ ।
प्रतिकृया दिनुहोस्