कुमारीमा मर्ज हुन लागेको देवः विकास बैंकको सेयर कारोबार रोक्का ः कुमारी बैंकले एक्वायर गर्दै
माघ २ , काठमाडौं ।
कुमारी बैंकले एक्वायर गर्ने भएपछि बिहीबार (माघ २ गते) देखि देवः विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । कुमारी र देवः विकास बैंकबीच प्राप्ति प्रक्रियाका लागी सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी आजै प्राप्त भएकोले देवः विकास बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
प्रारम्भिक सहमति अनुसार कुमारी र देवःबीच १००ः८६ अनुपातमा एक्विजिसन प्रक्रिया अघि बढाउन लागीएको हो । अर्थात अब देवःको १०० कित्ता सेयर हुनेले कुमारीको ८६ कित्ता पाउनेछन् । तर, डीडीएको अन्तिम रिपोर्ट आउँदा यो स्वाप रेसियोमा सामान्य परिवर्तन भएमा सोही अनुसार अघि बढ्ने सहमति समेत भएको छ ।
विगत लामो समयदेखि देवः विकास बैंकलाई प्राप्तिका लागि विभिन्न वाणिज्य बैंकहरुले छलफललाई अगाडी बढाएका थिए । तर, सो क्रममा सेयर स्वापमा सहमति हुन सकेको थिएन । कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । देवः विकास बैंकको भने चुक्ता पुँजी ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ् ।
दोश्रो बजारमा कुमारी बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १९६ रुपैयाँ छ भने देवः विकास बैंकको १५५ रुपैयाँ रहेको छ् । नेप्सेमा देवः विकास बैंकको २ करोड ६७ लाख ३० हजार ३२८ कित्ता सेयर सूचीकृत रहेको छ् ।
प्रतिकृया दिनुहोस्