December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

सिटिजन्स बैंकले सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत सिराहामा कम्बल वितरण

सिटिजन्स बैंकले सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत सिराहामा कम्बल वितरण

माघ ३ , काठमाडौँ ।
सिटिजन्स बैंक इन्टरनेसनलले आफनो सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत सिरहा जिल्लाको भवानीपुर गाउँपालीकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालीकाका विप्पन निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।
सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले १५० थान कम्बल वितरण गरेको बैंकले जनाएको छ । केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८६ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement