April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

गुहेश्वरीले सेयरधनीको खातामा ६.५ प्रतिशत नगद लाभांस पठाउने

गुहेश्वरीले सेयरधनीको खातामा ६.५ प्रतिशत नगद लाभांस पठाउने

माघ ३ , काठमाडौँ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले सेयरधनीको खातामा ६.५ प्रतिशत नगद लाभांस पठाउने भएको छ् । कम्पनिले आइतबार माघ ५ गते देखि उक्त लाभांस पठाउने निर्णय गरेको हो । पुस २१ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनिका खातामा नगद लाभांस पठाउने भएको छ् ।
पुस २९ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

Advertisement