एनएमबि लघुवित्तको १ लाख ८ हजार कित्ता सेयर लिलामी
माघ ५ , काठमाडौँ ।
एनएमबि लघुवित्त वित्तीय संस्थाले आज आइतबार (माघ ५ गते) सर्वसाधारण समुहको सेयर बाट १ लाख ८ हजार ७३३.१३ कित्ता सेयर लिलामी खुल्ला गर्ने भएको छ् ।
कात्तिक २४ गतेदेखी मंसिर २९ गतेसम्म २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सबै सेयर बिक्री नभएपछि बाँकी रहेको सेयर लिलामीमा ल्याइएको हो । यसमा १२ गते सम्म आवेदन दिन सकिन्छ ।
न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । बिक्री प्रकन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौबाट आवेदन दिन सकिनेछ । एनएमबि लघुवित्तको प्रमुख कार्यालय पोखरा महानगरपालिका २५, हेम्जा र सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, वुटवल, नेपालगत्तज, सुर्खेत र धनगढीबाट पनि लिलामी सेयरमा आवेदन भर्न सकिनेछ् ।
प्रतिकृया दिनुहोस्