ग्लोबल आईएमई बैंकको कारोबार सोमबारदेखि
माघ ५ काठमाडौं ।
जनता बैंकलाई प्राप्ति गरेर देशकै ठूलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आईएमई बैंक लिमिटेडको सेयर भोलि देखि बजारमा आउदैछ् ।
मर्जरपछि खुल्न लागेको कारोबार सुरुआती मूल्य प्रतिकित्ता २५२.४७ रुपैयाँ तोकिएको छ् । आपसमा मर्ज भई एकीकृत कारोबार सुरु गरेको करिब डेढ महिनापछि जनता बैंकको सेयर ग्लोबल आईएमई बैंकको नाममा गत माघ १ गते नेप्सेमा सूचीकृत भएको थियो ।
ग्लोबल आईएमई बैंक र जनता बैंकबीच १ः०.८५ सेयर स्वाप अनुपातमा मर्जर प्रक्रिया टुंगिएको थियो । जनता बैंकको तर्फबाट कुल ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता सेयर ग्लोबल आईएमईको नाममा थपिएको हो । जनता बैंकबाट थपिएको कित्तासमेत गरी ग्लोबल आईएमई बैंकको नाममा कुल १८ करोड ९७ लाख ५८ हजार ७९९ कित्ता सेयर कारोबारमा आउनेछ ।
यसैबीच नेप्सेले मर्जरपछि जनता बैंकको सेयर ग्लोबल आईएमई बैंकमा रुपान्तरण गर्दा दुवै बैंकको तत्कालीन बजार पुँजीकरणभन्दा २५ अर्ब २८ करोड कम हुने गरी सुरुआती मूल्य तोकेको पाइएको छ ।
प्रतिकृया दिनुहोस्