January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

घर र अटो ऋणको प्रावधानमा राष्ट्र बैंक लचिलो हुँदै

घर र अटो ऋणको प्रावधानमा राष्ट्र बैंक लचिलो हुँदै

माघ ०८, काठमाडौं ।
अर्थमन्त्रीको मौखिक आग्रहमा नेपाल राष्ट्र बैंकले कर्जा खुकुलो बनाउने गृहकार्य थालेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् ऋणको प्रावधानमा कडाई गरेपनि चोतर्फि दवाब पछि फेरी पुरानै बाटोमा फर्कने भएको छ । ऋणको प्रावधान केही कसिलो बनाउँदा समग्र अर्थतन्त्र नै सुस्त हुन थालेपछि ऋण प्रवाहमा केही लचिलो बनाउँने तयारी गरेको हो ।
राष्ट्र बैंकले केही समयअघि कर्जा प्रवाहमा केही कडाइ गरेको थियो । जस्तै– अटो कर्जामा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने, ऋण लिँदा करचुक्ताको प्रमाणपत्र अनिवार्य तथा करयोग्य आयको ५० प्रतिशत इएमआई तिर्ने गरीमात्र ऋण प्रवाह गर्न मिल्ने व्यवस्था गरिएको थियो । यसले अर्थतन्त्रनै समस्यामा परेपछि पुरानै बाटो राष्ट्र बैकले समातेको हो । घर कर्जा, व्यक्तिगत कर्जा, व्यवसाय कर्जा, अटो कर्जा लगायतका विभिन्न कर्जाका ७० प्रतिशतसम्म ऋण प्रवाह गर्न सकिने गरी पुरानै बाटो फर्किने तयारी गरेको हो ।
यसका कारण कर्जा प्रवाहमा कमी आई बजारमा तरलता पर्याप्त रह्यो भने अटो बजारको व्यवासाय ७० प्रतिशतसम्म कमी आएको देखिएको छ । यसको असर राजस्व संकलनमा परेको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यभन्दा करिब ८५ अर्ब कम राजस्व संकलन गर्न गरेको छ । यस्ले सम्पूर्ण अर्थतन्त्रनै खुम्चन पुगेको देखिन्छ । अर्कोतर्फ कर चुक्ता प्रमाणपत्र र आयको ५० प्रतिशतमात्र इमएआई तिर्न सक्नेगरी ऋण दिँदा ऋणको प्रवाहमा पनि कमी आयो । नेपालमा करिब ६० प्रतिशतभन्दा बढी अनौपचारिक अर्थतन्त्र रहेको अनुमान गरिएको छ ।
कर्जा प्रवाहलाई कसिलो बनाउनुअघि पनि ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने प्रावधान थियो । त्यतिबेला कर्जामा माग बढेर बैंक तथा वित्तीय संस्थाहरुले क्रेडिट क्रन्चको समस्या समेत भोगेका थिए । तर, यतिखेर बजार सुनसान छ ।
उनीहरुको मागप्रति आफू सकारात्मक भएको र राष्ट्र बैंकले काम पनि सुरु गरिसकेको अर्थमन्त्रीले बताएका थिए ।

Advertisement