सुदूरपश्चिममा लक्ष्य विहिन बन्यो कृषि विकास बैंक
०९ माघ, २०७६, काठमाण्डौ ।
सुदुरपश्चिम विकास क्षेत्रमा कृषि विकास बैंकले अपेक्षित कारोबार गर्न सकेन । ५३ औं कार्षिकोत्सव कार्यक्रममा सार्वजनिक गरेको तथ्यांकअनुसार निर्धारण लक्ष्य पूरा गर्न नसकेको सुदुपश्चिम प्रदेश धनगढिले जनाएको छ । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले चालू आर्थिक वर्षको पुस मसान्त सम्ममा ३ अर्ब ७५ करोड १० लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले पुस मसान्तसम्म ४ अर्ब ४७ करोड ४३ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गर्ने लक्ष्य लिएको थियो ।
मोबाइल बैंकिङ सेवा लिने ग्राहक संख्या ३३ हजार ३८३ पुर्याउने लक्ष्य लिएको बैंकको सेवा लिने ग्राहक पुस मसान्तसम्म २४ हजार ८ सय २९ मात्रै पुगेको छ । पुस मसान्तसम्म ६ अर्ब ६० करोड ७१ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी लक्ष्य लिएको बैंकले ६ अर्ब ४१ करोड ४७ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिकृया दिनुहोस्